भ्रष्टाचारका काण्डहरु ओझेलमा पार्न राजावादीले आतंक मच्चाए भनिँदैछ : सांसद सिंह


२०८२ बैशाख १६ सोमबार १४:५१ बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएका छन् ।’

उनले आफूहरू राजा चाहिन्छ भन्ने मान्छे भएको बताएका छन् । तर, आफूहरूको राजा चाहिन्छ भन्ने धारणालाई लिएर भ्रष्टाचार काण्ड लुकाउन नपाइने उनले बताएका छन्। उनले भ्रष्टाचारको छानबिन गर्न माग गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७