नायिका श्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो : सांसद उर्मिला माझी


२०८२ बैशाख १५ आइतबार १०:५० बजे
फाइल फोटो

काठमाडौं ।  सांसद उर्मिला माझीले सिन्धुपाल्चोकको माझी बस्ती नै लिलामीमा पर्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा सांसद माझीले नायिका श्वेता खड्का फाउन्डेसनको ऋणमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीप्रति कर्तव्य पालना गर्न सक्षम नहुँदा विस्थापित हुनेक्रम बढेको बताएकी हुन् ।  ०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा खड्काले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा ५५ घर माझी बस्ती बनाइदिए पनि कर्तव्य पूरा गर्न चुकेको उनको आरोप छ । 

‘व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ । कलाकारिताका हिसाबले राष्ट्रकै गहना हुनुहुन्छ, हामी उहाँलाई सम्मान गर्छौँ,’ उनले भनिन्, ‘उहाँले घर त निर्माण गरिदिनु भयो, तर आज उहाँकै कारणले गर्दा ५५ घरधुरी माझी समुदाय बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने परिस्थिति सिर्जना भएको छ । उहाँले सेवाका भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौं । तर, उहाँले जुन किसिमले सेवा गर्न खोज्नु भयो, त्यसलाई पूरा गर्न सक्नु भएन । आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन ।’ नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र परेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७