सरकारलाई रास्वपाको सुुझाव : मेटालाई बन्द गर्ने चेतावनी होइन, समाधानको बाटो खोजियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्झनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका छन् ।
उनले मेटा नेपालमा दर्ता हुनुपर्ने बताए । तर, सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।