प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : प्रवक्ता महत

‘प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा ढिलाइ’


२०८२ बैशाख १५ आइतबार २०:५२ बजे
फाइल फोटो

दाङ । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । आइतबार प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै महतले दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासोलाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको बताएका हुन् ।

त्यसकारण  प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने उनले बताए । सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति, सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको उनको आरोप छ । त्यसबारेमा प्रधानमन्त्रीले समन्वय र सहकार्य पनि नगरेको महतले बताए । उनले सक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनु पर्ने पक्षमा नेपाली कांग्रेस रहेको उनले बताए । प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तीमा विलम्ब भएको उनको भनाइ छ । सरकारले चाहेअनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै नेता महतले राजनितिक नेतृत्वले अनावश्यक आश्वासन बाँढ्दै हिड्न हनुने पनि बताए ।

अर्को प्रसंगमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्वन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए । पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउने सम्भव नभएको पनि उनले बताएका छन् । प्रवक्ता महतले भारतको कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । 

‘भारतको कश्मीरमा हिन्दूलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो जघन्य अपराध हो,’ महतले भने, ‘यो आतंकमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ । यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिक समेत मारिएका छन् । उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु ।’ उनले थपे, ‘यो घटनामा हामी भारत र भारतीय जनताको साथमा छौँ । यस्ता खाले आतंकवादविरुद्ध सारा विश्व एक हुनेपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७