बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्थ्यो ?

काठमाडौं । नेपाल बजारमा आज (आइतबार) सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज एक तोला चाँदी १९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदी २ हजार रुपैयाँ कायम भएको थियो ।