माओवादीको विराटनगर कमिटीमा जनार्दन समूहको प्यानलै विजयी


२०८२ बैशाख १४ शनिबार ०२:११ बजे

मोरङ । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) को प्यानलै निर्वाचित भएको छ। जनार्दन शर्मा समूहबाट राजवंशी नेतृत्वको प्यानल नै विजयी भएको हो। राजवंशीले ४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत पाइन् ।

न्यौपानेलाई पार्टी अध्यक्ष प्रचण्डको साथ रहेको बताइएको छ । राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन (३६ मत), धर्मलाल माझी (३६ मत) र सनोजकुमार यादव (४४ मत) निर्वाचित भए । यसैगरी सचिवमा सोनु मेवट (४२ मत) र सहसचिवमा दिनेशकुमार कामत (३९ मत) निर्वाचित भए ।

न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवारहरू केमुना ओडारी (शारदा), चन्द्रबहादुर वन र शिवराम थन्दारले क्रमशः ३३, ३६ र ३३ मत पाए । सचिव उम्मेदवार मोहमद अजामले ३६ र सहसचिव भरत गिरी (गोसाइ)ले ३२ मत पाए। सहसचिवकै अर्का उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत पाइन् ।

कोषाध्यक्षमा भने मनिष सोनी निर्विरोध निर्वाचित भएका थिए। माओवादी केन्द्रको विधानमा कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान छ। यस मत परिणाम अनुसार मोरङमा प्रचण्ड समूह कमजोर देखिएको छ। समूहलाई जिताउनका लागि मण्डल र भोगेन्द्र यादव दुई जना नै काफी भएको त्यो समूहको दाबी छ। वैशाख ७ गते नै सुरु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको सम्मेलनमा दाहाले सहमतिकै आधारमा नाम ल्याउन दबाब दिएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७