शिक्षक महासंघका नेताहरुसँग कांग्रेसको छुट्टै छलफल


२०८२ बैशाख १४ शनिबार २०:१७ बजे

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । आज (शनिबार) सरकारसँग पहिलो वार्ता निष्कर्षविहीन भएपछि निस्किएका शिक्षकसँग महामन्त्रीद्वय थापा र शर्माले छुट्टै छलफल गरेका हुन् ।

छलफलमा कांग्रेसका महामन्त्रीद्वयसहित सहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादवलगायत सहभागी थिए । पार्टी सभापति शेरबहादुर देउवाले पनि थापा र शर्मालाई नै शिक्षकहरूसँग समन्वय गरेर विद्यालय फर्काउने जिम्मेवारी दिएका थिए । यसअघि पनि उनीहरूले एक चरणमा शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए ।

शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । पटक–पटक सरकारसँग वार्ता भए पनि सफल हुन सकेको छैन । विशेष गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा जुटेका हुन् । २५ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली अनुदार भएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेपछि महामन्त्रीद्वयलाई देउवाले खटाएका हुन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७