संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित


२०८२ बैशाख १३ शुक्रबार १८:४७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) संसदमा सम्बोधन नगर्ने भएका छन् । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको ओलीको सम्बोधन स्थगित भएको हो । 

एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले भने, ‘आज प्रधानमन्त्री ज्यूले गर्ने तय भएको सम्बोधन स्थगित भएको छ ।’ सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज थाइल्याण्ड भ्रमणबाट फर्किंदै छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाक पुगेका छन् । दुवै नेता सदनमा अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन स्थगित भएको बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७