सिंहदरबारमा माओवादी संसदीय दलको बैठक


२०८२ बैशाख १२ बिहीबार ०३:४२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ । भोलिदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो । 

संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसद्मा पार्टीले खेल्ने भूमिकाका सम्बन्धमा बैठकमा छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शिक्षा ऐन तत्कालै जारी गर्नुपर्ने माग राखेर शिक्षकहरुले विगत २२ दिनदेखि काठमाडौँमा निरन्तर आन्दोलन गर्दै आएका छन् । शिक्षकको आन्दोलनप्रति माओवादी केन्द्रले समर्थन गर्दै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७