दानव नदीमा तीन बालक बेपत्ता


२०८२ बैशाख ९ सोमबार ०८:५४ बजे

रुपन्देही । रुपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता भएका छन् ।  रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीनबालक बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेहरूमा सोही ठाउँका १४ वर्षका राज यादव, १३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजन छन्। उनीहरू आज दिउँसो १२ः३० बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

बेपत्ता बालकको खोजी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाबारे  जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्था तालिम प्राप्त सुरक्षा फौजले खोजीकार्य जारी राखेको थापाले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७