असिनाले गहुँबाली र तरकारीमा क्षति


२०८२ बैशाख १ आइतबार ०८:५७ बजे
फाइल फोटो

बैतडी ।  वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ। शनिबार अपराह्न परेको असिनापानीले  पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन्। जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्याएको हो ।

बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ । अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पुर्याएको सिगास गाउँपालिका–९ का रामबहादुर चन्दले जानकारी दिए । असिनाले खेतबारी सेताम्मे भएका छन् । उनले भने, ‘गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट गर्‍यो ।’

दोगडाकेदार–६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका तरकारी नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन तथा  खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उहाँले बताए। उनले भने, ‘पाक्न थालेको बालीनाली र तरकारी  असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ। किसानहरू चिन्तित भएका छन् ।’ कृषि ज्ञान केन्द्रले एकीन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७