पूर्वराजाको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनु हुन्थ्यो : पोखरेल


०८:११ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले नेपालगञ्जस्थित विपिको शालिकमा मोसो दल्ने र तोडफोड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले राजतन्त्र होइन, राजसंस्था पुनःस्थापनाको आन्दोलनमा राप्रपा भन्नेहरूले नेपालगञ्जमा विपिको शालिकमा मोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले आज (आइतबार) सामाजिक सञ्जालमा लेख्दै भने, ‘राजतन्त्र होइन, राजसंस्था पुनःस्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरुले नेपालगञ्जमा विपिको शालिकमा मोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन् । अब आफैं बुझ्नुहोस राजावादीहरू के चाहन्छन् ?

पोखरेलले अगाडि लेखेका छन्, ‘नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ भन्नेहरूले पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनु हुन्थ्यो । किनकि विपिको समयमा विपिभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।’

राजावादीहरूले शनिबार साँझ राँके जुलुस निकालेका थिए । सोही क्रममा उनीहरूले वीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा हिजो साँझ कालोपोत्ने (कालो कपडाले ढाक्ने) सहितका हर्कत गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७