नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : सांसद गिरी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए ।
नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनको आरोप छ। उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन । संसारभरी एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ति अभिलेख र रायहरु हेरियोस् न । नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’