रविसहित रास्वपा सासंदहरू सभामुखलाई भेट्न सिंहदरबार जाँदै


१६:५८ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । लामिछाने आज (मंगलबार) बिहान १० बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा जाने भएका हुन् । उनीसँगै रास्वपाका सांसदहरूले जाने भएका छन् ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो । संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो । रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ । सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

‘हामीले एक महिनाअघि नै हाम्रा सभापतिको निलम्बन फुकुवाको लागि सभामुखलाई ध्याकर्षण पत्र बुझाएका थियौँ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘तर त्यो पत्रको सुनुवाई अहिलेसम्म भएको छैन । ठूलाठूला मुद्दा लागेकाहरु निलम्बन भएका छैनन् । तर हाम्रा सभापति लामो समयदेखि निलम्बनमा हुनुहुन्छ । यो जायज छैन । निलम्बन फुकुवाको थप पहलको लागि हामीले सभामुखलाई भेट्न लागेका हौं ।’ सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए । पार्टी बैठकको अध्यक्षता समेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको बताएका छन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७