म्यानमारका भूकम्पपीडितलाई राहत दिन सरकारले जहाज पठाउने

नेपाल सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने


१६:१६ बजे

काठमाडौं । सरकारले म्यानमारका भूकम्पपीडितलाई सहायता सामग्री पठाउने भएको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारका विभिन्न निकायमा मौज्दात रहेको राहत सामग्री म्यानमार पठाउन लागिएको हो ।

हाल मौज्दात रहेको सामग्री पठाउने र त्यसको शोधभर्नाका लागि तत्कालै अर्थ मन्त्रालयले ती निकायहरुलाई रकम निकासा गर्ने निर्णय भएको उनले जानकारी दिए। नेपाल वायु सेवा निगमको जहाजमा राहत सामग्री पठाइनेछ ।

अर्थ मन्त्रालयले जहाजको भाडा भुक्तानी दिनेछ । यस्तै नेपाली सेनाले आफ्नै जहाजमा मेडिकल उपकरणसहितको टोली पठाउने भएको छ। म्यानमारमा गत शुक्रबार (चैत १५ गते) गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भएको हो । यस्तै ३ हजार ९०० भन्दा बढी मानिस घाइते भएका छन् र २७० जना बेपत्ता छन्।

नेपाल सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं । नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक संकटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमणका लागि आज दिउँसो त्यसतर्फ जाँदैछन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७