सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन : रवि लामिछाने

‘किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएँ’


०६:१२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार पार्टी कार्यालयमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएपछि उनी पहिलो पटक पार्टी कार्यालय बनस्थलीमा फर्किएका हुन् ।

गएको कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी ६ महिनापछि फर्किएका हुन् । त्यतिबेला उनलाई पक्राउ गरी कास्की लगिएको थियो । पार्टी कार्यालयमा पुगेका उनी ठूला दलमाथि खनिएका थिए । ‘कति मुद्दा लगाउनुछ लगाऊ । शरीरमा एक थोपा रगत रहुञ्जेल लडिरहन्छु,’ उनले सम्बोधनका क्रममा भने । उनले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् ।

‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो,’ सभापति लामिछानेले भने । सभापति लामिछानेले लोकतन्त्र र गणतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाइएको बताएका छन् ।  उनले लुटतन्त्र मच्चाउनेविरुद्ध आफू कहिल्यै पछि नहट्ने बताए ।

‘लोकतन्त्र, गणतन्त्र र संघीय लोकतन्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकालाई खबरदारी गर्न म कहिल्यै पछि हट्दिनँ । म जुनसुकै शक्तिसँग पनि लड्छु । तर, लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ,’ उनले भने । ‘राजनीतिमा हुन्थेन भने मैले यति धेरै दुःख खेप्नुपर्ने थिएन । केही समय मलाई अझ विश्राम गर्न मन थियो। तर, जसरी देशमा विकसित घटना क्रम भइरहेका छन् । त्यसले आफूलाई अघि सार्न बाध्य भएँ,’ उनले भने ।

उनले संसदमा पनि प्रतिपक्षीहरूको प्रस्तुती फितलो भएको आरोप लगाए । ‘तपाईंले दिन' भएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस्–रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो,’ उनले भने, ‘प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन । यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थें होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शिर झुकाउँदिनँ ।’

२०७९ को चुनावपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारमा रवि लामिछाने दुई पटक उपप्रधान तथा गृहमन्त्री भने बनेका थिए । उनले आउने चुनावमा राम्रा उम्मेदवार उठाएर जहाँ उम्मेदवारी दियो त्यहीँ जित्ने गरी तयारी थाल्नुपर्ने पनि बताए । आफूले उम्मेदवारी नदिएर पनि अरूलाई ठाउँ दिने उनको दाबी थियो ।

उनले कांग्रेस–एमाले सरकारको औचित्य समाप्त भइसकेको पनि बताए । सरकारले फेरि आफूलाई थुन्न सक्ने भन्दै उनले अबचाहिँ पार्टी नेतृत्व सम्हाल्छु भनेर आएको पनि बताएका थिए।सहकारी प्रकरणमा मुछिएपछि चितवनबाट निर्वाचित लामिछाने निलम्बनमा परेका छन् । उनीविरुद्ध काठमाडौं, पोखरा, रुपन्देही, चितवन र वीरगञ्जमा सहकारीसम्बन्धी मुद्दा चलिरहेको छ । उनी सबै ठाउँबाट धरौटीमा रिहा भएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७