कतारले दियो १८ नेपालीलाई आममाफी


२०८१ चैत १७ आइतबार २३:३३ बजे
फाइल फोटो : कतारका अमिर तमिम बिन हमाद अल थानी ।

काठमाडौं  । कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ । रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ । नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

सरकारले कतारको दोहास्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो । आममाफी पाउने नेपालीहरूको विवरण भने परराष्ट्र मन्त्रालयले खुलाएको छैन । मन्त्रालयले एक विज्ञप्ति जारी गरी आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।

‘नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई मन्त्रालयले उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ । कतारको दोहास्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि आममाफीको निर्णय भएको मन्त्रालयले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७