गृहमन्त्रीलाई माधव नेपालको प्रश्न : प्रहरी–प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ?


२०८१ चैत १६ शनिबार ००:१८ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई प्रहरीले आदेश नमानेको हो ? भन्दै प्रश्न गरेका छन्। आज (शनिबार) पार्टी कार्यालय आलोकनगरमा शुक्रबारको आन्दोलनमा गरिएको तोडफोडको अनुगमनपछि अध्यक्ष नेपालले गृहमन्त्रीलाई ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ?’ भन्ने प्रश्न गरेका हुन् ।

शुक्रबार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। कान्तिपुर टेलिभिजनसहित अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुडा गर्नुका साथै एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेका थिए ।

पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरुको आरोप छ । गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरु आएको भए केही रहँदैन थियो । तपाईको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरुले शुक्रबार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतकामा आगो लगाएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७