वरिष्ठ उपाध्यक्ष र महामन्त्री पक्राउ परेपछि राप्रपाको बैठक बस्दै 


२०८१ चैत १६ शनिबार ००:२८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्नेछ ।

समसामयिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए । शुक्रबार राजावादीको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।

राजावादीको आान्दोलनपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीहरुमाथि आन्दोलनमा हिंसात्मक बनाउन भूमिका खेलेको आरोप लागेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७