गृहमन्त्री लेखकले राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै 


२०८१ चैत १६ शनिबार २२:३९ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने–कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन्। मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जनाएको छ ।

शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।

केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन् । त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले हटाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७