राजावादी प्रदर्शन : हालसम्म ५१ जना पक्राउ


२०८१ चैत १६ शनिबार २२:११ बजे

काठमाडौं । संघीय राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरु पक्राउ परेका हुन् । 

राजावादी अभियानमा संलग्न स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पोशाकका प्रहरीले बेलुकी सवा नौ बजे पक्राउ गरेर लगेको पत्नी लोचना शर्माले जानकारी दिइन् । नेपाल हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् । आन्दोलन अराजक भएको आरोपमा मुख्य नेताहरूलाई पक्राउ गरिएको छ । लोचनका अनुसार ल फर्ममा रहेको आफ्नै कार्यकक्षबाट स्वागतलाई प्रहरीले उठाएर टेकु पुर्‍याएको छ।

शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् । शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताएका छन् । काठमाडौं प्रहरीले यस प्रकारका ‘अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक’ गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७