ललितपुरको शिव मन्दिरभित्र टाउको गिडिएको अवस्थामा युवकको शव भेटियो


२०८१ चैत १४ बिहीबार १२:०७ बजे

काठमाडौं ।  ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटको शिव मन्दिरभित्र टाउको गिंडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । 

रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए । गए राति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ । 

उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले जानकारी दिए । व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।  स्थानीयले भने मृतक युवा पक्राउ परेका व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाइएका छन् । स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए । जसका कारण झगडा भएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७