कुलमानका समर्थकको प्रहरीसँग धक्कामुक्की {तस्वीहरु}


२०८१ चैत १२ मंगलबार ०६:३१ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरु र प्रहरीबीच धक्कामुक्का भएको छ । काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकसम्म आइपुगेका थिए । सो क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेका थिए। उक्त क्रममा प्रहरीसँग धक्कामुक्की भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनकारीहरुले ‘लोडसेडिङ चाइँदैन, कुलमान हटाउन पाइँदैन्’,‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’ भन्दै विरोध प्रदर्शन गरेका छन् । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ । माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

हेर्नुस् तस्वीरहरु


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७