यातायात कार्यालय विराटनगरबाट १२ बिचौलिया पक्राउ

मोरङ । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ बिचौलियालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलियालाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी, ३७ वर्षीय राजु कोइराला, बुढिगंगा गाउँपालिका–२ का ५० वर्षीय उदय कार्की र दुहबी नगरपालिका–११ का २७ वर्षीय युवराज लम्साल रहेका छन् ।
त्यस्तै विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर महानगरपालिका–४ का २२ वर्षीय राजीव मण्डल, बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ का ३७ वर्षीय भागवत राजबंशी, बुढिगंगा गाउँपालिका–१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका–३ का २९ वर्षीय अजयकुमार मण्डललाई पक्राउ गरिएको छ ।