कुलमानलाई हटाइएकोप्रति शेखर कोइरालाको प्रतिक्रिया : कांग्रेसले स्वामित्व लिनै हुन्न


२०८१ चैत १२ मंगलबार ०९:५४ बजे

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सर्वत्र विरोध भएको छ । सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् । उनले कुलमान घिसिङलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नसक्ने बताए ।

उनले लेखेका छन्, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’ कुलमान हटाएकामा प्रतिपक्षी दलले त कडा विरोधको तयारी नै गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७