बाबुरामले सकेनन्’ भनेर आलोचना गर्दै बस्नु मूर्खता : अध्यक्ष भट्टराई


२०८१ चैत ७ बिहीबार ०४:२६ बजे
फाइल फोटो

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘बाबुरामले सकेनन्’ भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता भएको बताएका छन् । आज (बिहीबार) सुनसरीको झुम्कामा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रदेशस्तरीय प्रथम महाधिवेशन उद्घाटन गर्दै उनले ‘बाबुरामले सकेनन्’ भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता भएको बताएका हुन् ।

उनले सबैलाई मिलेर वैकल्पिक शक्ति निर्माण गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘बाबुरामले सकेनन्’ भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता हो । आउनुहोस्, मिलेर जाऔँ, वैकल्पिक शक्ति निर्माण गरौं । तपाई चुप लागेर होइन, हातमा हात जोडेर अगाडि बढे मात्र यसको निकास मिल्नेछ ।’ उनले आफ्नो पार्टीको जस्तो दस्ताबेज अन्य कुनै पार्टीको नभएको पनि बताएका छन् । नयाँ शक्ति कुनै एक मात्र वर्ग, जाति, वा समुदायको प्रतिनिधित्व गर्ने नभई सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र रहेको उनको दाबी छ ।

उनले भने, ‘हाम्रो जस्तो दस्ताबेज कुनै पनि पार्टीको छैन । अरू पार्टीहरू कुनै न कुनै रूपमा एउटा निश्चित समुदाय, लिङ्ग, वा वर्गसँग मात्र सम्बन्धित देखिन्छन् । तर हाम्रो पार्टी कुनै एक मात्र वर्ग, जाति, वा समुदायको प्रतिनिधित्व गर्ने होइन । यो सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र हो, जहाँ सबैको समान सहभागिता हुन्छ । हाम्रो पार्टी कुनै निहित स्वार्थ राखेर बनेको होइन, बरु समावेशिता, समानता, र न्यायलाई आधार बनाएर तयार पारिएको साझा फूलबारी हो, जहाँ सबै वर्गका नागरिकले आफूलाई समान रूपमा प्रतिनिधित्व भएको महसुस गर्न सक्छन् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७