प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु : प्रधानमन्त्री


२०८१ चैत ७ बिहीबार ०१:२५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा माओवादी सांसद विमला सुवेदीले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध छ’, उनले भने ।

उनले छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलका लागि सम्पर्क गरेको बताए । तर, प्रचण्डको स्वास्थ्यमा केही समस्या भएकाले सम्पर्क गर्न नसकेको जवाफ पाएको बताए । 

‘अहिले पनि म प्रयासरत छु । यसमा विपक्षी दलका नेता ज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु, तर पटक–पटक प्रयास गर्दा स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको भन्ने जवाफ पाएको छु’, उनले भने । उनले प्रचण्डसँग सम्पर्क हुने बित्तिकै काम अघि बढाइने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७