तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी छैन : प्रधानमन्त्री


२०८१ चैत ७ बिहीबार २३:५९ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको बताएका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

राप्रपा सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले अहिले तत्काल योजना नबनेको बताउँदै पछि जान सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गर्दै भने, ‘माननीय ज्यूको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७