जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री


२०८१ चैत ७ बिहीबार २३:५२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जलन पीडित र जलनका घाइतेहरुको उपचार र क्षतिपूर्तिको सन्दर्भ आफू व्यक्तिगत रुपमा समेत गम्भिर रहेको उनको भनाइ छ । उनले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले प्रयाप्त व्यवस्था गरेको गरेकोले उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताए ।

उनले भने, ‘जलन पीडित र जलनका घाइतेहरुको सन्दर्भमा अथवा क्षतिपूर्तिको सन्दर्भमा म गम्भिर छु । जलन पीडित र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ । तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐन,२०७९ ले यस सम्बन्धमा प्रयाप्त व्यवस्था गरेको समेत जानकारी गराउँदछु । जलनपीडितहरुको उपचार, पुनःस्थापनाका सन्दर्भमा सदनमा दर्ता भएको निजी विधेयकको सम्बन्धमा दाफावार छलफलको क्रममा सरकारले आफनो धारणा विस्तृत रुपमा राख्ने नै छ ।’ उनले जलन अस्पतालहरुको विस्तार तथा स्तरोन्नति गर्नको लागि समेत सरकारले काम गरिरहेको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७