सरकारलाई प्रभु साहको प्रश्न : गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो ?


२०८१ चैत ७ बिहीबार २३:५५ बजे
फाइल फोटो

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानुनबमोजिम अविलम्ब कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष साहले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न समेत गरे । यस हत्याकाण्डबारे पीडितले जाहेरी दर्ता गराएको भए पनि सरकारले छानबिन नगरेको उनको आरोप छ । उनले भने, ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्याकाण्ड जुन दिउँसै भएको बीभत्स हत्या थियो, त्यसको छानबिन कहाँ पुग्यो?’

रौतहटको गौरमा २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीक मधेसी जनअधिकार फोरमले माओवादी कार्यकर्तामाथि गरेको आक्रमणमा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो । घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए। तर, फौजदारी कानुनअनुसार कारबाही अघि बढेको छैन । गौर नरसंहारको आज १८ वर्ष पुगेको छ । २०६३ चैत ७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी बीच सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।

फोरम र माओवादी दुवैले मञ्च बनाएर आमसभा गर्न थाल्दा झडप शुरु भएको थियो । एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता यहाँ ल्याएका थिए । नगर परिक्रमा पछि मञ्चमा पुगेको माओवादी समूह र फोरम समूहले एक अर्काको मञ्च भत्काउन थालेपछि झडप शुरु भएको थियो ।अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनु पर्ने मागसमेत राखे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७