पोखरा नर्सिङ क्याम्पसमा एमाले निकट अखिलको प्यानलै विजयी, प्रतिभा सभापति


२०८१ चैत ५ मंगलबार ०३:२८ बजे

पोखरा । पोखरास्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ । आज (मंगलबार) साँझ सकिएको मत परिणाम अनुसार अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी छन् ।

त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन्। मतगणनाको अन्तिम रुजु बाँकी रहेको तर अनेरास्ववियुका उम्मेदवारहरु  बिजय भएको क्याम्पसका सूचना अधिकारी केदारनाथ अधिकारीले जानकारी दिएका छन् । यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७