छेन्दुबाट पर्यटक बोकेर पोखरा आइपुग्यो सिचुवान एयरलाइन्सको जहाज


२०८१ चैत ५ मंगलबार १६:१६ बजे

पोखरा ।  चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपालस्थित चिनियाँ दूतावासले सिचुवान एयरलाइन्समा १२८ चिनियाँ पर्यटक लिएर आएको बताएको छ । दूतावासले भनेको छ, ‘चीनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, १२८ यात्रुहरूसहित पोखरा आइपुग्यो, चाँडै नै यसले १२० भन्दा बढी यात्रुहरूलाई चीन लैजाँदैछ ।’

पोखरा अवतरण भएको जहाजमार्फत नेपालबाट १२० बढी यात्रु लिएर छेन्दु उड्ने छन् । दुई देशबीच पर्यटन प्रवर्द्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नेछन् । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७