गाजामा इजरायलको भीषण आक्रमण : मृतकको संख्या २२० पुग्यो


२०८१ चैत ५ मंगलबार १६:२१ बजे

जेरुसेलम । गाजामा मंगलबार इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी अहिलेसम्म २२० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।  गाजाका अधिकारीका अनुसार मृत्यु हुनेहरुमा गाजा क्षेत्रमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेका छन् । इजरायलले हमासका क्षेत्रहरु र उनीहरु बसेका सम्भावित संरचनाहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।

इजरायलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन् । इजरायली प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा पहिलो चरणको युद्धविराम प्रस्ताव अस्वीकार गरेकाले आक्रमण गरेको बताइएको छ । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ । एजेन्सी 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७