वुमन्स डे कप : नेपाल घरेलु टिम युगाण्डासँग भिड्दै


२०८१ फाल्गुण २९ बिहीबार १०:२४ बजे

काठमाडौं । वुमन्स डे कपमा नेपालले आज (बिहीबार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालबाट आज सुधारको अपेक्षा गरिएको छ । एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने पाँच बजे सुरु हुनेछ । नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ ।

त्यो जित युगाण्डासँग नै थियो । लिगको पहिलो चरणमा नेपालले युगाण्डालाई एक विकेटले हराएको थियो । सो खेलमा ७६ रनको लक्ष्य पछ्याएको नेपालले एक बल बाँकी रहँदा नौ विकेट गुमाएर जित हात पारेको थियो ।
दुई अंक जोडेको नेपाल तालिकाको पुच्छारमा छ । तेस्रो स्थानमा रहेको युगाण्डाको चार र दोस्रो स्थानको नामिबियाको पनि समान चार अंक नै छ ।  

हङकङ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाल हिजो भएको खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो । युगाण्डाले हकङलाई चार विकेटले नतिजा सुम्पियो । शीर्ष दुईमा रहने टिमले उपाधिका लागि खेल्ने छन्।हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहनेछ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुने छैन । 

नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७