सुदूरपश्चिम प्रदेशमा संसदीय समितिका सभापति चयन गर्न चुनाव हुँदै


२०८१ फाल्गुण ३ शनिबार १०:१० बजे

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका रिक्त संसदीय समितिका सभापति चयन गर्न आज (शनिबार) निर्वाचन प्रक्रिया शुरु हुँदैछ । मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीबीचको विवादले दुई पटकसम्म स्थगित भएको प्रक्रिया शुरु भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

सार्वजनिक कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ। भोलि बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ । १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । भालि नै परिणाम घोषणा गरिनेछ । हाल सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति,  सामाजिक विकास समिति र विशेषाधिकार समिति सभापतिविहीन छन् । पुसमा भएको भागवण्डाअनुसार कांग्रेसले दुई, एमाले र नागरिक उन्मुक्तिले एक–एक समितिको नेतृत्व गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति पाउने छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७