विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु


२०८१ माघ २९ मंगलबार १०:०९ बजे

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सोमबार साँझ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१२, भाईरल रोडमा सुप्रप०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । सो दुर्घटनामा चालक कैलाश सिंह साउद र पछाडि सवार गणेश विष्ट गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई तत्काल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले प्रारम्भिक जाँचपछि दुबै जनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । उनीहरु दोधराबाट महेन्द्रनगरतर्फ जाँदै थिए। अनियन्त्रित भई सडकको डिभाइडरमा रहेको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान थालेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७