प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औं वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरे ।
विपदमा परेका नागरिकहरूलाई राज्यद्वारा प्रदान गरिने राहत वितरणमा हातेमालो गर्ने उद्देश्यले संगठनका अधिकृतबाट संकलित रकम हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।