इटहरी उपमहानगरपालिकासहित सुनसरीका तीन ठाउँमा शंकास्पद वस्तु फेला 


०८:२७ बजे

सुनसरी । सुनसरीका विभिन्न तीन ठाउँमा आज (मंगलबार) बिहानै शंकास्पद वस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु विष्फोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ । इटहरी उपमहानगरपालिका कार्यलयको प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सीमानामा पर्ने बुढीखोलाको पुलमुनि र धरानको भोटेपुल नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

ती ठाउँमा कालो झोलामा राखिएको उक्त शंकास्पद वस्तुलाई पुष्टि र निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । ठूलो आकारमा देखिएको वस्तु विष्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७