रौतहटमा आगलागीबाट आठ घर नष्ट
रौतहट । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्वी भेग राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आइतवार मध्यराति भिषण आगलागी भएको छ । आगलागीबाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
गए राति सवा २ बजेको समयमा राजदेवी नपा–५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो । आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र ३ वटा बाख्रा, राम सोगारथ पासवान, दिपेन्द्र पासवान,. बिजय पासवान, कान्तिदेवी पासवान, प्रदिप पासवानलगायत आठ जनाको घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट आठ जनाको घर जलेर ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन् । आगलागी भएको खवर पाउना साथ बिओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदनकुमार शाहको कमाण्डमा १० जना प्रहरी चौकी बसतपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली, गौर नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्णरुपमा नियिन्त्रणमा आएको अन्य मानबीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।