दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग


२०८१ पौष १२ शुक्रबार ०९:५९ बजे

काठमाडौं । दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध पनि महाभियोग लगाएको छ । मुलुकमा सैनिक कानुन लगाउने असफल प्रयासका कारण यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुई साता नबित्दै कार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग लगाएर हटाएको हो ।

यून हटाइएपछि प्रधानमन्त्रीसमेत रहेका हान डक सूलाई सैनिक कानुन लगाउने असफल प्रयासपछि भएको राजनीतिक उथपुथलको समाधान गर्ने जिम्मेवारीसहित कार्यवाहक राष्ट्रपति तोकेको थियो । विपक्षी दलहरुले  कार्यवाहक राष्ट्रपति सूले यूनविरूद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै उनीविरूद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार भएको मतदानमा १९२ जनाले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेपछि पारित भएको बिबिसीले जनाएको छ । दक्षिण कोरियामा राष्ट्रपतिसँगै कार्यवाहक राष्ट्रपति पनि महाभियोगबाट बाहिरिएको यो पहिलो राजनीतिक घटना हो ।  

अब महाभियोगको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि सुको कार्यवाहक राष्ट्रपतिको पद पनि निलम्बनमा पर्नेछ। अब उपप्रधानमन्त्री एवम् वित्त मन्त्री चोई साङ मकलाई कार्यवाहक राष्ट्रपति बनाउने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । संवैधानिक अदालतले अदालतले १८० दिनभित्र उनलाई पदबाट हटाउने वा पुनर्स्पना गर्ने भन्ने फैसला दिनुपर्नेछ । यसअघि निलम्बित राष्ट्रपति यूनकै विषय संवैधानिक अदालतमा अघि बढेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७