चितवनमा रविको १२ घण्टा बयान


०७:३२ बजे
फाइल फोटो

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा चितवन ल्याइएका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको आज राति ८ बजे बयान सकिएको हो । लामिछानेसँग १२ घण्टा बयान लिइएको हो। 

मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिनसम्म ७४ भन्दा बढी प्रश्न सोधिएर सकिएको हो ।लामिछानेमाथि लिखित बयान लिइएको बताइएको छ । चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुईंटेल र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत डिएसपी ज्ञानकुमार महतोले उनको बयान लिएका हुन् ।

बयान आजै सकाउने तयारी गरिएकाले रवि लामिछानेलाई बिहान र बेलुकाको खाना पनि बयान कक्षमा नै खुवाइएको थियो । प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको प्रमाण देखाउँदै गरेको कतिपय प्रश्नमा उनले आफूलाई जानकारी नभएको बताएका छन् । सरकारी वकिल कार्यालय स्रोतका अनुसार लामिछानेले कतिपय प्रश्नमा संसदीय समितिमा जवाफ दिइसकेको भनेर जवाफ दिएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई साहाराको रकम अपचलनबारे बयान लिन मंगलबारचितवन ल्याइएको थियो । अब लामिछानेलाई बिहीबार पोखरा पठाइने प्रहरीले जनाएको छ । आज चितवनमा रविको बयान चलिरहेका बेला बाहिर भने रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा दुबैतर्फका व्यक्ति घाइते भएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७