रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी


०२:३५ बजे

पर्सा । पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । 

लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको स्रोतले जानकारी दिएको छ । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको अहिले चितवनमा बयान जारी छ । पर्सामा गीतेन्द्रबाबु राई (जीवी), छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।  सानो पाइला सहकारीको हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो । 

जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ । आज चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपमा प्रहरी र रास्वपाका नेता–कार्यकर्ता दुबैतर्फ घाइते भएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७