यी हुन् ‘बीआरआई फ्रेमवर्क’ भित्र परेका १० परियोजना

झापाको कम्प्लेक्सदेखि डडेलधुराको सिटी हलसम्म समावेश


०२:२९ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

आज (बुधबार) बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौतामा हस्ताक्षर भएको हो । योसँगै बीआरआई कार्यान्वयनमा जानेछ ।

फ्रेमवर्कभित्र विभिन्न १० वटा  परियोजना समावेश भएका छन् । जसमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट सडक योजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक पार्क दमक र झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स छन् । फ्रेमवर्कभित्र परेका परियोजनाहरू ऋण वा अनुदान सहायतामा बन्ने हुन् भन्नेबारे भने केही खुलाइएको छैन ।

यी हुन् बीआरआई फ्रेमवर्कभित्र परेका १० परियोजना

१. टोखा–छहरे टनेल
२. हिल्सा–सिमिकोट सडक योजना
३. किमाथांका–खाँदबारी सडक र पुल
४. जिलोङ–केरुङ–काठमाडौं रेलमार्ल
५. अमरगढी सिटी हल प्रोजेक्ट
६. जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन
७. मदन भण्डारी प्राविधिक विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
९. चीन–नेपाल औद्योगिक पार्क दमक
१०. झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७