नेपालभर १६६ चलचित्र भवन, कुन प्रदेशमा कति ?


०२:५६ बजे

 काठमाडौं । चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । उक्त सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदुरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा  छन् । 

बोर्डले चलचित्र भवन र सिट संख्या समेत उल्लेख गरिएको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको संख्या थपघट हुनसक्ने समेत जनाएको छ । सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण गर्न आग्रह समेत गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७