विराटनगर किङ्ग्सले एनपीएल उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा


२०८१ मङ्सिर १२ बुधबार १५:३९ बजे
फाइल फोटो

मोरङ । कोशी प्रदेश सरकारले नेपाल प्रिमियर लिगको उपाधि हात पारे विराटनगर किङ्ग्सलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । मंगलबार राति खेलाडीहरूसँगको विदाइ कार्यक्रममा सहभागी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टोलीलाई जितको शुभकामना दिएका हुन् ।

उनले टोलीलाई उपाधि हात पारे ३० लाख रुपैयाँसहित पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छ । हिजोको दिनमा फुटबल र अन्य खेलकुद गतिविधिमा सरकारलले उपस्थिति जनाएको थियो । उपाधि जित्नेलाई सम्मानसमेत गर्दै खेलाडीलाई प्रेरित गर्दै आएको छ । तपाईंहरूलाई समेत जितको शुभकामना छ । उपाधि जितेर आउनुस्, सरकारले नगदसहित सम्मान गर्नेछ ।’

सो क्रममा उनले किङ्ग्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनलाई टोलीलाई जित दिलाउन प्रशिक्षककोसमेत महत्वपूर्ण भूमिका रहने सुझाव दिए । खेलाडीहरूलाई शुभकामना दिएका मुख्यमन्त्री कार्कीले समयानुकल हुँदा मैदानमा खेल हेर्न उपस्थित हुने बताए । सो क्रममा मुख्यमन्त्री कार्कीले खेलकुदमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७