खेतमा लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई जना घाइते


२०८१ कार्तिक २ शुक्रबार १४:२७ बजे

जनकपुरधाम । महोत्तरीमा जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गौशाला नगरपालिका–३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारबाट करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । करिनाको घटनास्थलमै मृत्यु भएको हो ।

करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले जानकारी दिएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेका बेला बारमा छाडिएको नांगो तारबाट करेन्ट लागेको थियो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७