सिमलताल बस दुर्घटना : ३९ मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख


१४:३४ बजे

वीरगञ्ज । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री शतिस सिंहले जानकारी दिए । उनका अनुसार प्रदेशका चार जिल्लाको ३९ जना मृतकका परिवारलाई जनही एक-एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री सिंहले सबै जिल्लाक प्रमुख जिल्ला अधिकारीले सनाखत गरेर पठाएको विवरणक आधारमा चेक वितरण गरेको बताए । सिमताल दुर्घटनामा पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले ज्यान गुमाएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७