रवि लामिछानेले क्लिन चिट पाउनु भयो : उपसभापति वाग्ले


२०८१ भदौ ३१ सोमबार ०२:४५ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीको आरोपमा ‘क्लिन चिट’ प्रतिक्रिया दिएका छन् । आज (सोमबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगी आरोपमा लामिछानेले क्लिन चिट पाएको बताएका हुन् ।

उनले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको जिकिर गरे । लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनसाय साथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको दावी गरे । उनले छानविन समितिले देशलाई भलो कुने काम गरेको बताए । उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडि लैजाने पनि बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७