विवादास्पद अभिव्यक्तिबारे मेटमणिको स्पष्टीकरण : मेरो आशयलाई तोडमोड गरियो 


२०८१ भदौ २८ शुक्रबार ०१:३१ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले आफूलाई जबरजस्ती विवादमा तान्न खोजिएको स्पष्टीकरण दिएका छन् । एक टीभी अन्तर्वार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको हो भन्ने आशयको अभिव्यक्ति दिएपछि उनलई बिहीबार पार्टीका महासचिव घनश्याम भुसालले पत्र पठाएर स्पष्टीकरण दिन भनेका थिए । 

आज (शुक्रबार) आफ्नो स्पष्टीकरण सार्वजनिक गर्दै चौधरीले आफ्नो मूल आशयलाई बंग्याउने प्रयास गरिएको बताएका छन् । ‘मैले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी यस विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरे पनि न मेरो त्यस्तो आशय थियो न त नियत नै,’ उनले पत्रमा भनेका छन् । 

‘गलत महाकाली सन्धिको कारण ले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दावी गरिरहेको र महाकाली सन्धिनै सच्चाउनु’ पर्ने विषयलाई इंगित गरिएको उनले स्पष्टीकरणमा बताएका छन् । सांसद समेत रहेका चौधरीले आफू भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन् ।

 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७