करेन्ट लागेर किसान दम्पतीको घटनास्थलमै मृत्यु


२०८१ भदौ २६ बुधबार ००:४२ बजे

मोरङमा । मोरङमा करेन्ट लागेर दम्पतीको ज्यान गएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको ज्यान गएको हो । उनीहरु श्रीमान–श्रीमती भएको प्रहरीले जानकारी दिएको छ ।

भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए । विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा दुवैलाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७